२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने



अ+ अ-

काठमाडौँ। प्रेस काउन्सिल नेपालले मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको समाचार सङ्कलनका लागि जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

काउन्सिल बोर्डको आजको बैठकले पत्रकार अनिल ढकाल, सुजन पौडेल तथा ‘जेनजी’ प्रदर्शनमा समाचार सङ्कलनका क्रममा घाइते भएका पत्रकारलाई काउन्सिलमा रहेको पत्रकार कल्याण कोषबाट सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, जोखिमयुक्त क्षेत्रमा समाचार सङ्कलन गर्दा सुरक्षा संवेदनशीलता अपनाउन र कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

पत्रकार आचारसंहिता प्रतिकूल केही सामग्री सम्प्रेषण भइरहेको र यस्तो प्रवृत्ति बढ्न सक्ने भन्दै आचारसंहिता प्रतिकूल सामग्रीको सूक्ष्म अनुगमन गरी यही महिनाभित्र विज्ञसहितको उपस्थितिमा विस्तृत छलफल गर्ने निर्णय भएको पनि काउन्सिलले जनाएको छ ।

साथै बैठकले यसअघिका प्रदर्शनमा सञ्चारमाध्यममाथि भएका आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।




भर्खरै