१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइनखोलामा फेरी पहिरो, सडक अवरुद्ध



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोला पुल नजिक सोमबार फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मध्यान्न १२ बजेदेखि पुल नजिकै ठूलो मात्रामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी यातायात बन्द भएको हो ।

डिभिजनका इन्जिनियरहरुले डोजर र अन्य मेसिनरी प्रयोग गरेर पहिरो पन्छाउने काम थालिरहेका छन् । तर, ढुंगामाटोको मात्रा धेरै भएकाले सडक खुल्न अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

यस सडक खण्डमा वर्षायाम सुरु भएदेखि नै पटक–पटक पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ । यसले यात्रु र स्थानीयलाई सास्ती खेप्नुपरेको छ ।

सडक डिभिजनले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।