२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको प्रयोगले मौसमी सूचना प्रवाह र प्राप्तिमा सहज



अ+ अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकाष्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामको ‘फेसबुक पेज’ सञ्चालनमा ल्याएको छ । यी दुई सञ्जालमा नियमित रूपमा मौसमी सूचना दिँदा सूचना प्रवाह र प्राप्तिमा सहज भएको हो ।

मौसमी सूचनाका साथै बाढी र वर्षाको अवस्थालगायत अन्य जनचेतनामूलक जानकारीहरू दिने गरिएको छ । नेपाल वेदर फोरकाष्टमा आज आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भनेर सन्देश दिइएको छ । सन्देशमा भनिएको छ, “कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सबैमा अनुरोध छ ।”

सञ्जालमा मनसुन सक्रिय भएका बेलामा या अन्य बेलामा मनसुनबारे प्राविधिक कुराका साथै कहाँ कहाँ पानी पर्छ भनेर शब्द तथा दृश्यमा विवरण राख्ने गरिएको छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई निक्कै सजिलो भएको छ ।

बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोलोजिष्ट इञ्जिनियर जिङ्की भुसालले ‘नेपाल बाढी सूचना’मा पनि त्यसैगरी जानकारीमूलक दृश्य सामग्री राखिएको बताउनुभयो । उक्त दृश्य सन्देशमा भनिएको छ, “पानी पर्न थालेपछि आफू नजिकैको खोलामा बाढी आउला कि नआउँला भन्ने चासो तपाईलाई पनि हुनसक्छ । यसका लागि तपाईं आफैँले हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेरेर बाढीबारे थाहा पाउन सक्नुहुन्छ ।” सामाजिक सञ्जालदेखि बाढीको अवस्थाबारे सबैले बुझ्ने गरी सूचना राखिएको उहाँले उल्लेख गर्नुभयो ।

युट्युव, टिकटक र ट्विटरमा पनि यसैगरी सूचना राख्ने गरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । यसरी नियमित रूपमा सामाजिक सञ्जालबाट सूचना प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो । पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जाल निक्कै प्रभावकारी भएको विभागको निष्कर्ष छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सामाजिक सञ्जालको उपयोग गरिरहेको छ । विभागलगायत निकायले अन्य सन्देशमूलक सूचना शेयर गर्नुका साथै आफ्ना सूचना तथा जानकारीसमेत सम्प्रेषण गरिरहेका छन् ।