२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय खसीबोकामै निर्भर



अ+ अ-

बागलुङ। हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैँ मान्न थालेका छन् ।

बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महँगो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैँ मान्न थालिएको हो । हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैँ मनाउन स्थानीय खसीबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ ।

मुस्ताङबाट बागलुङमा करिब ३५० च्याङ्ग्रा भित्रिएपछि उक्त च्याङ्ग्रा गाउँ पुग्न नपाएको मासु व्यापारी बताउँछन् । च्याङ्ग्राको मूल्यमा दुई खसीबोका आउने गरेको भन्दै स्थानीयले दसैँमा स्थानीय खसीबोकामै निर्भर रहनुपर्ने बताइएको छ ।

 बागलुङमा समेत मुस्ताङी च्याङ्ग्रा बिक्रीका लागि आएका भए पनि च्याङ्ग्राको भाउमा दुई खसीबोका खरिद गर्न सकिने भएपछि स्थानीय खसीबोकाप्रति आकर्षण बढेको व्यवसायी बलबहादुर थापाले बताउनुभयो । “अहिले च्याङ्ग्राको मूल्य रु ३५ हजार भन्दामाथि छ, काटेर किलोका दरले बिक्री गर्दा दुई हजार ५०० पर्ने गरेको छ”, थापाले भन्नुभयो, “मूल्य महँगो पर्ने भएपछि स्थानीय खसी बोकाकै मासुको माग बढी हुन्छ ।”

दसैंँ तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ महँङ्गो भएपछि स्थानीयमा खसीबोका र कुखुराको माग बढी हुन थालेको छ । रु एक हजार १५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै तीन गुणा बढी मूल्य पर्न जाने गरेको छ ।

च्याङ्ग्राको मूल्य निकै महँगो भएपछि खसी बोकाको माग उच्च देखिएको र एक हप्तामा १० वटा खसी तथा बोका काटेर बिक्री गरिसकेको बागलुङ बजारका मासु व्यवसायी थापाको भनाइ छ ।  रासस