२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानवमी पर्वमा हनुमानढोका दरबार क्षेत्र- फोटो फिचर 



अ+ अ-

काठमाडौं। हनुमानढोका दरबार क्षेत्र शताब्दीयौँ देखिको राजकीय समारोह, सांस्कृतिक परम्परा र कलात्मक सम्पदाले नेपालकै इतिहासको आत्मा  हो।हनुमानढोका दरबार क्षेत्र धार्मिक र सांस्कृतिक गतिविधिको केन्द्र पनि हो।

दशैंको फुलपाती यही दरबारमा भित्र्याउने परम्परा  छ। जात्रा, नाचगान, र वार्षिक अनुष्ठानहरूले यो क्षेत्रलाई जीवित संग्रहालयको रूपमा उभ्याएकोछ ।  यहाँको ढुङ्गा, काठ र गजुरमा नेपालकै सम्पूर्ण पहिचान झल्किन्छ।

यहाँ  बडादशैँको नवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरम रहेको छ । जहाँ बुधबार बिहान सबेरै देखी साँझ सम्म  पूजाअर्चना  तथा दर्शन गर्न लामबद्ध भक्तजनहरुको उल्लेख उपस्थिती रहेको थियो ।

यसैगरी हनुमानढोका दरवार क्षेत्रमा रहेको कालभैरव मन्दिरमा पनि   पूजाअर्चना  तथा दर्शन  गर्दै भक्तजनको उल्लेख्य उपस्थिती रहेको थियो । यसैगरी  । जीवित देवी कुमारीको दर्शन गर्न पनि लामो लाईन लागेको थियो  ।

कुमारी आर्यतारालाई मंगलबारमात्र बिराजमान गराईएको थियो  । जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।