२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक–ऐश्वर्याले युट्युबविरुद्ध मुद्दा दायर गरे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले एआइबाट तयार गरिएका डीपफेक भिडियोबारे युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

समाचार माध्यमहरूको अनुसार, दुवैले करिब ४ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

यससँगै उनीहरूले अदालतलाई सामाजिक सञ्जाल प्लेटफर्महरूमा उनीहरूको व्यक्तित्व, अनुहार, आवाज र छविको अवैध र आपत्तिजनक प्रयोग स्थायी रूपमा रोक्न आदेश दिन अपील गरेका छन् ।

रोयटर्सको रिपोर्टअनुसार, अभिषेक बच्चन र ऐश्वर्या रायले आफ्नो याचिका ६ सेप्टेम्बरमा दायर गरेका थिए । करिब १,५०० पृष्ठ लामो उक्त याचिकामा सयौँ लिंक र स्क्रिनसटहरू संलग्न गरिएको छ, जसमा दाबी गरिएको छ कि युट्युबमा धेरै यस्ता भिडियोहरू छन् जसमा उनीहरूको तस्बिर र आवाजलाई नक्कली, भ्रामक र अपमानजनक तरिकाले प्रयोग गरिएको छ ।

याचिकाकर्ताहरूको भनाइमा, यस्ता भिडियोहरूले उनीहरूको प्रतिष्ठामा धक्का पुर्‍याइरहेको छ र निजताको मौलिक अधिकारको गम्भीर उल्लङ्घन पनि भएको छ ।

यसबारे दिल्ली उच्च अदालतले कडा कदम चाल्दै गुगललाई नोटिस जारी गरेको छ र लिखित जवाफ दिन आदेश दिएको छ । दुवैको याचिकाको अर्को सुनुवाइ अब २०२६ जनवरी १५ मा हुनेछ ।

यसअघि पनि दुवैले याचिका दायर गरेका थिए
यो पहिलो पटक होइन, जब दुवैले एआइ भिडियोहरूविरुद्ध मुद्दा दायर गरेका हुन् । यसअघि अभिषेक बच्चनले १० सेप्टेम्बर बुधबार दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । त्यसमा उनीहरुले आफ्नो प्रचार–प्रसार र व्यक्तित्व अधिकार (जनतामाझ छवि र व्यक्तित्व अधिकार) को संरक्षण गर्न अदालतसँग अनुरोध गरेका थिए ।

साथै, वेब्साइट र अनलाइन प्लेटफर्मलाई उनीहरूको तस्बिर, पर्सनल र नक्कली भिडियो, विशेषगरी यौन सामग्रीमा प्रयोग गर्न नदिन रोक लगाउन माग गरेका थिए । यसअघि मंगलबार उनकी पत्नी ऐश्वर्या राय बच्चनले पनि व्यक्तित्व अधिकारका लागि दिल्ली उच्च अदालतमा याचिका दायर गरेकी थिइन् । दुबैलाई अदालतबाट राहत पनि प्राप्त भएको थियो ।