२५ असार २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध



अ+ अ-

नवलपरासी । भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन् ।

भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताउनुभयो ।

हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताउनुभयो । “उहाँले भन्नुभयो, “असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।”नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उहाँले जानकारी दिनुभयो ।