२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातको समयमा बेनी–जोमसोम सडक तीन दिन बन्द



अ+ अ-

म्याग्दी। स्थानीय प्रशासनले म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनका लागि रातको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बसेको सुरक्षा निकायको बैठकले असोज १८ देखि २० गतेसम्म साँझ ५ देखि बिहान ६ बजेसम्म बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सवारीसाधन बन्द गर्ने निर्णय गरेको हो ।

आज रातिदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले रातको समयमा यातायातका साधन सञ्चालन गर्न दुर्घटनाको जोखिम तथा पहिरोका कारण सडक अवरुद्ध भएर यात्रुहरू अलपत्र पर्ने हुँदा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

“म्याग्दी हुँदै मुस्ताङ जाने सवारी साधन साँझ ५ बजेभित्र मुस्ताङको घाँसा पुग्नुपर्नेछ,” उहाँले भन्नुभयो, “जोमसोमबाट बेनी आउने सवारीसाधनहरूले साँझ ५ बजे बेनी आइपुग्नुपर्नेछ ।”  असोज २१ गतेदेखि यातायातका साधन नियमित सञ्चालन हुने प्रजिअ तिवारीले बताउनुभयो । बाढीपहिरोसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण आधार शिविर, घोडेपानी, खोप्रा, मोहरेडाडा, ढोरपाटनलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान पनि प्रशासनले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको छ । रासस