२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्म रोक



पहिरोका कारण सडक अवरुद्ध भएपछि चितवनको इच्छाकामना-४ कुरिनटारमा रोकिएका सवारीहरु । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ १० जवाङ खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध हुदाँ काठमाडौँ हिडेँका सवारी साधनहरु कुरिनटारमै रोकिएका हुन् । तस्बिर: हीरालाल गुरुङ-रासस
अ+ अ-

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौ उपत्यका भित्रिने र बहिरिने सवारी साधन आवतजावत बन्द गरेको छ ।

प्राधिकरणले एक सुचनाजारी गर्दे असोज १८-२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हलुकादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै बारी वर्षा हुनसक्ने संभावना रहेको ले यातायात बन्द हुने जनाएको छ ।

यस अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दुरीका र काठमाड़ों उपत्यका भित्रिने बाहिरिने सवारी साधन नचलाउन, सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले आवतजावत बन्द गर्न तथा गराउन एवं सो को निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले जारी गरेको सुचना

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८-२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हलुकादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै बारी वर्षा हुनसक्ने संभावना रहेको छ।

भारी वर्षा तथा जति धेरै भारी वर्षाका कारण बाउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसनाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्विनी प्रदेशका सबै जिल्लाबाट अन्य सानाे दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८,१९ र २० गतेका लागि बन्द गरिएको छ।

उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दुरीका र काठमाड़ों उपत्यका भित्रिने बाहिरिने सवारी साधन नचलाउन, नसम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ ।

सो अवधिमा अत्यावश्यकबाहेक आवतजावत नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरु रेडियो, टेलीभिजन, अनलाइन संचारर माध्यम, सामाजिक संजाल लगायतबाट प्राप्त गर्नुहुन समेत सूचित गरिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण




भर्खरै