३० जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद सरकार उच्च मनोबलका साथ काम गरिरहेको छ: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रका नाममा एक भिडियो सन्देश जारी गर्दे प्रधानमन्त्री कार्की सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पुर्ण तयारीको अवस्थामा रहेको जानकारी गराउनु भएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आस्वास्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पुर्ण तयारीको अवस्थामा छन् ।

सन्देशमा भनिएको छयस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भब तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न चौबिसै घण्टा तयार अवस्थामा रहेका छन् । हामीले सबै उपलब्ध श्रोतहरु परिचालन गरेका छौँ र सबै नागरिक र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । हामी महत्त्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पुर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बितिक्कै सडकमार्गहरु पुन खोल्नलाई प्राथमिकता दिनेछौँ । हाम्रा टोलिहरुले काम गरिरहेका बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु – तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस । अत्यावश्यक नभएसम्म यात्रा नगर्नुस । तपाईंहरुको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो ।