२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रभावित जनताको सेवामा खटिन पार्टीपङ्क्तिलाई माओवादीको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ विपद् प्रभावितको उद्धार तथा राहतमा खटिन पार्टी नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न आग्रह गर्नु भएको हो । उहाँले तीनै तहका सरकारलाई विपद् प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रहसमेत गरेको छ ।

यस्तै, विपद्को सम्भावित जोखिम भएका स्थानका नागरिकलाई सतर्कता अपनाउन र बाढीपहिरो, डुबान, भूक्ष्यलगायत कारण मानवीय क्षतिसमेत हुनसक्ने भएकाले अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।