१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्ग लगायत केही सडक एकतर्फी खुलाइने



अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मौसममा सुधार हुँदै गएपछि आंशिक रुपमा सडक सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रशासनले आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं बाहिरिने केही मुख्य मार्गहरूलाई एकतर्फी रुपमा खुला गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले विभिन्न ठाउँहरूमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी सञ्चालनको लागि आवश्यक तयारी भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोटका जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त भएकाले यात्रुको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरूमा आवागमन एकतर्फी रुपमा खुला गरिएको छ ।’

यसअघि प्रशासनले काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने, काठमाडौं–नुवाकोटतर्फ जाने र दक्षिणकाली हुँदै हेटौंडा जाने सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको थियो ।

हाल मौसममा क्रमिक सुधारसँगै धादिङ, नुवाकोट र दक्षिणकाली सडक खण्डमा पहिरो पन्छाउने काम द्रुतगतिमा भइरहेको प्रशासनले जनाएको छ ।

यातायात सञ्चालनमा सावधानी अपनाउन आग्रह गर्दै प्रशासनले सवारी चालकलाई सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन, ट्राफिक इशारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक पालना गर्न अनुरोध गरेको छ ।