२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोकियो मन्त्रीद्वय घिसिङ र अर्यालको इलाम जाने कार्यक्रम ?



अ+ अ-

काठमाडौं । पहिरोबाट प्रभावित इलाममा गएर अवलोकन गर्ने मन्त्रीद्वय कुलमान घिसिङ र ओमप्रकाश अर्यालको कार्यक्रम स्थगित भएको छ ।

मन्त्रीहरु घिसिङ र अर्याल आज बिहान ११ बजे त्यसतर्फ जाने तयारी थियो । तर अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको हो ।

यसअघि काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो ।

तर विमानको टिकट नपाएपछि आजका लागि तय भएको कार्यक्रम स्थगित भएको बताइएको छ ।

अब राहत सामग्री समेत बोकेर छिट्टै इलाम जाने कार्यक्रम बनाउने तयारी छ ।

पहिरोले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।