२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी–पहिरो प्रभावित परिवारलाई शुद्ध खोनपानी र स्वच्छ खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको अपिल



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी ।
अ+ अ-

काठमाडौँ । गत शुक्रवार र शनिवारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपद्पछि निम्तिने स्वास्थ्य जोखिमहरू रोक्न सरोकारवाला सबैलाई सक्रिय भुमिका खेल्न आह्वान गर्नुभएको हो ।

सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले बाढी, डुबान र पहिरोजस्ता विपद्पछि पानीमा डुब्ने, पानीमा बग्ने तथा करेन्ट लाग्ने जस्ता तत्कालीन समस्याहरूको समाधानमा सरकार सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले विपद्का कारण आउने दीर्घकालीन स्वास्थ्य जोखिमतर्फ सबै सचेत रहन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले विपद्पछिको खानपानका कारण स्वास्थ्यमा पर्नसक्ने नकारात्मक प्रभावहरु कम गर्न तथा प्रकोपहरु फैलिन नदिन भाइबर ग्रुप र सामाजिक सञ्जालमार्फत जेनचेतनामूलक सामग्रीहरु प्रशारण तथा प्रकाशन गरिरहेको पनि बताउनु भयो । स्थानीय तहमा २० भन्दा बढी भाषामा जनचेतनामूलक सामग्रीहरू प्रशारण र प्रकाशन भइरहेको उल्लेख गर्दै उहाँले प्रत्येक वडा तथा टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई समेत स्वास्थ्य समस्याको रोकथाममा सक्रिय भुमिका खेल्न निर्देशन दिइएको बताउनु भयो । उहाँले विभिन्न संघसंस्था र जनप्रतिनिधिहरूलाई समेत राहतस्वरुप वितरण गर्ने खानेकुराबाट दीर्घकालीन रुपमा पर्न सक्ने  असरहरूबारे विचार गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अविरल वर्षापछि आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवार जो सामूहिक रुपमा बस्ने तथा खाने गर्नुभएको छ । उहाँहरुलाई सफा तथा स्वच्छ खाना, शुद्ध खानेपानीको र उहाँहरुमा पर्न गएको मानसिक तनावलाई तुरुन्त सम्बोधन गर्नको लागि सम्बन्धीत जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय, जनप्रतिनिधि र स्थानीय तहहरुसँग त्यहीअनुसार प्रतिकार्य गर्नको लागि सहकार्य गरिरहेका छौं । बाढी, डुबान र पहिरोजस्ता विपद् गइसकेपछि पानीमा डुब्ने, पानीमा बग्ने, करेन्ट लाग्ने जस्ता समस्याहरुको हामीले तत्कालै समाधान गर्ने प्रयास गरेका छौं । तर अब शुद्ध खानेपानी दिन सकिएन भने खानेपानीबाट प्रदुषण भएर हैजा, झाडापाखाला, जन्डिस लगायतका संक्रमणहरु पनि निम्तिने गर्छ ।’

‘प्रयोग गर्ने पानी शुद्ध नभएकै कारण आँखा पाक्ने रोग, व्यक्तिगत सरसफाईको कमिको कारण छालामा संक्रमण हुने, चिलाउने जस्ता समस्याहरु आउने गर्दछन् । ति चिजहरुलाई सम्बोधन गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भाइबर ग्रुपमार्फत र सामाजिक सञ्जालमार्फत पनि विभिन्न सूचना सामग्रिहरु प्रचार प्रािर गरिरहेको छ । स्थानीय तहमा पनि २० भन्दा बढी भाषामा जनचेतनामूलक सामग्रिहरु प्रशारण, प्रकाशन भइरहेका छन् । साथै प्रत्येक वडा तथा टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य समस्याको रोकथामको लागि सत्रिय भुमिका खेल्न निर्देशन दिइएको छ । त्यसका लागि सबै जना सचेत भएर लागिदिन पनि म अनुरोध गर्दछु । र आम नागरिकले पनि आफूले प्रयोग गर्ने खानेपानी शुद्ध होस् भन्ने सोचेर जुनसुकै स्रोत वा मुहानको पानी भएपनि शुद्धीकरण गरेर मात्र प्रयोग गरिदिनुस् । र खानेकुरा पनि विभिन्न संघसंस्था, जनप्रतिनिधिले वितरण गर्दा त्यो खानेकुराले कुपोषणको समस्या ल्याउँछ कि ल्याउँदैन लगायत का दीर्घकालिन असरहरुबारे सोचेर ताजा खानेकुरा मात्र वितरण गर्न पनि अनुरोध गर्न चाहन्छौं ।’

गत शुक्रवार र शनिवारको बाढीका कारण पूर्वी नेपालमा ठूलो जनधनको क्षति पुगेको छ । कयौं घरपरिवार विस्तापित भएका छन् । वर्षापछि आएको बाढी पहिरो तथा डुबानमा परेकाहरुको उद्धार गरी नजिकका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेको बताउनु भयो ।