२४ असार २०८३, बुधबार
,
Latest
जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामका हिमाली गाउँ र इलाम टि-स्टेटसहित गौर र वीरगञ्जमा वर्षाको रेकर्ड ब्रेकः मनसुन अझै सक्रिय



अ+ अ-

काठमाडौँ । गत दुई दिनमा नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो । यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । तर यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनु भयो ।

उहाँकाअनुसार दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचिमा पर्साको वीरगञ्ज परेको छ । वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यसअघि वीरगञ्जमा २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामकै इलाम टि—स्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ । यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । यि चार वटै स्थानमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड ब्रेक गरेको हो ।

उहाँले भन्नुभयो, ‘इलाम, रौतहट, पर्सा जिल्लामा धेरै वर्षा भएको छ । त्यसमा पनि इलामको हिमाली गाउँ, इलाम टि—स्टेट, गौर र वीरगञ्ज गरी चार स्थानमा रेकर्ड ब्रेक भएको छ । हिमाली गाउँमा ३ सय ३० दशमलव ६ मिलिमिटर वर्षा भएको छ । रौतहटको गौरमा ३ सय १५, पर्साको वीरगञ्जमा २ सय ९४, इलामको इलाम टि—स्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ ।’

अहिले पनि देशभरका सबै स्थानहरुबाट मनसुन बहिर्गमन भइनसकेको उहाँको भनाइ छ । सबै मनसुन बहिर्गमन भइसकेपछि नेपालभरमा परेको पानीको वास्तविक तथ्यांक आउने जानकारी दिनुभयो । कतिपय स्थानमा सरदर भन्दा माथि र कतिपय सरदर र सरदर भन्दा कम पानी परेको छ ।
हाँले भन्नुभयो, ‘अहिले पनि देशभरका सबै स्थानहरुबाट मनसुन बहिर्गमन भइसक्यो भन्ने अवस्थामा छैनौँ । यो सबै मनसुन बहिर्गमन भइसकेपछि नेपालभरबाट हाम्रो रिपोर्ट आउँछ । अहिलेसम्मको स्थिति हेर्दा स्थान हेरेर छ । कतिपय स्थानमा सरदर भन्दा माथि पनि छ । सरदर, सरदर भन्दा कम स्थान हेरेर छ । पूर्ण रुपमा पूरै मनसुन बहिर्गमन भइसकेपछि रिपोर्ट आउँछ ।’

यि स्थानबाट बाहिरियो मनसुन

हालसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,लुम्बिनी प्रदेशको पश्चिमी भूभाग र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरुबाट मनसुन बहिर्गमन भइसकेको बताउनु भयो । बाँकी प्रदेशहरुम पनि मनसुन बहिर्गमन भइरहेको बताउनु भयो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रबाट पूर्ण रुपमा मनसुन बहिर्गमन भइसकेको छ । त्यस्तै लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र, गण्डकी प्रदेशको पूर्वी क्षेत्र, वागमती, मधेस र कोशी प्रदेशमा अझै मनसुन सक्रिय छ ।

इलाम र काठमाडौंमा पूर्वानुमान विपरित वर्षा 

वागमती र कोशी प्रदेशलाई खतरायुक्त स्थानमा राखिएको बताउनु भयो । तर इलामलाई उच्च खतराको सूचिमा नराखिएको भएपनि खतराको सूचिमा भने राखेर सचेत गराइएको बताउनु भयो । मनसुनले आफ्नो ट्रयाक परिवर्तन गर्दा इलाममा बढी वर्षा भइ बढी क्षति हुन पुगेको उहाँको भनाइ छ । रेड अलर्ट नराखेपनि इलाम हाई अलर्टमा राखेर केही सावधानी अपनाइएको बताउनु भयो । उहाँकाअनुसार मनसुनले आफ्नो ट्रयाक परिवर्तन गरेर वागमतीबाट कोशी प्रदेशमा द्रुत गतिमा इलाम पुगेका कारण विपद् निम्तिएको हो ।

१०५ केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा

उहाँकाअनुसार १ सय ५ वटा केन्द्रहरुमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रहरुमा एक सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ भने २१ वटा केन्द्रहरुमा २ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । त्यस्तै पाँच वटा केन्द्रहरुमा ३ सय मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ । उहाँकाअनुसार अहिलको वर्षा बेमौसमी हो ।