९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित सङ्घदान प्रदान



अ+ अ-

काठमाडौ. । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित सङ्घदान प्रदान गर्नुभएको छ । नेपाल बज्रयान महाविहार सङ्घ लुम्बिनीले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको प्रबज्या संवर ग्रहण गरेका भिक्षुभिक्षुणीलाई राष्ट्रपतिद्वारा सङ्घदान प्रदान गरिएको हो । 

त्यस अवसरमा राष्ट्रपति भण्डारीले मौलिक सभ्यताको संरक्षण र संवद्र्धनका लागि सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले बौद्ध दर्शनको सांस्कृतिक र आध्यात्मिक परम्पराबाट मौलिकता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले हरेक धर्मको संरक्षण संवद्र्धनमा जोड दिँदै सोका लागि आफूले पनि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो । नेपालमा विगतदेखि मनाउँदै आइएकोे नेपाल सम्यक् महादान पर्व पुनः मनाउने मागका सन्दर्भमा आफू सकारात्मक रहेको भन्दै राष्ट्रपति भण्डारीले त्यस सम्बन्धमा आवश्यक निर्णय लिइने बताउनुभयो ।

बिहारका चक्रेश्वर प्राध्यापक डा. नरेशमान बज्राचार्यले नेपालमा एक हजार ५०० वर्षभन्दा पहिलेदेखि चलिआएका यस्ता परम्परा नासिन नहुने बताउँदै बज्राचार्यले यस्ता सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । बज्राचार्यले नेपाल सम्यक् महादान पर्व मनाउने परम्परा विगत लामो समयदेखि रोकिएको र सोको पुनः सुरुआत गर्न सरकारको साथ आवश्यक रहेको बताउनुभयो । 

लुम्बिनीस्थित नवनिर्मित बिहार हालै मात्र राष्ट्रपति भण्डारीद्वारा समुद्घाटन भएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, बौद्धधर्म गुरुहरु, भिक्षु भिक्षुणीलगायत उपस्थिति रहेको थियो ।