२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकाको सेवा नयाँ भवनबाट



अ+ अ-

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुचारु गरेको छ ।

भदौ २४ गतेको जेन जी आन्दोलनले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएपछि नयाँ भवनबाट सेवा सञ्चनालनमा ल्याएको हो । कीर्तिपुर नगरपालिका नगरप्रमुख कृष्णमान डंगोल मंगलवारदेखि नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाले कोभिड—१९ को समयमा आइसोलेशन बनाएको भवनबाट अस्थायी रुपमा सेवा सञ्चालन गर्न थालेको बताउनु भयो । बुधवारदेखि सम्पूर्ण सेवा यही भवनबाट आउने उहाँको भनाई छ । उहाँले आपतकालिन सेवा भने नगरपालिकाले भदौ २७ गतेदेखि नै सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । यसअघि पर्यटन सूचना केन्द्रवाट सेवा दिइरहेको भएपनि काम गर्न अफ्ठ्यारो भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आपतकालिन सेवा भनेर भदौ २७ गतेदेखी नै शुरु गरिसकेका थियौँ । त्यसपछि अगाडी पर्यटन सूचना केन्द्रवाट केही सेवाहरु दिइरहेका थियौँ । दुई चार दिन पछि ३०÷३१ गतेदेखि लगभग हामीले ७० प्रतिशत सेवा दिई नै सकेका थियौँ । तर त्यो ठाउँ एकदम साँघुरो बस्नै नभएको हुनाले, कोही कसैलाई उभिएर पनि काम दिइरहेका थियौँ । अहिले हामीले आज यो नयाँ ठाउँमा नयाँ भवन, पहिला आइसोलेशन राखेको भवन हो । यहाँ हामीले आजदेखि हुनतः हामीले सामान शुरुवात हिजो,अस्तीदेखि नै सरिरहेका थियौँ तर सबै सेवा यही भवनबाट आजदेखि शुरु गर्ने भनेर हामी लागीरहेका छौँ । अझ पनि सामानहरु ल्याउन बाँकी छ । कतिपय व्यवस्थापन गर्न बाँकी छ । भोलिबाट सबै सेवा यही भवनबाट सुचारु हुन्छ ।’ 

नगरप्रमुख डंगोलले नगरपालिकाको पुरानो भवन आगलागीले पूर्णरुपमा जिर्ण भएको बताउनु भयो । उहाँले त्यहाँबाट सेवा दिन नसक्ने अवस्था रहेको जानकारी दिनुभयो । भवनको पुनः निर्माण गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले पुनःनिर्माण गर्न एक वर्ष समय लाग्ने प्राविधिक रिपोर्ट आएको बताउनु भयो । भवनको पुनःनिर्माण गर्नको लागि बजेटको व्यवस्था गरी एक वर्षभित्र पुरानो भवन तयार गर्ने पनि उहाँले जानकारी दिनुभयो । पुरानो भवन तयार भएपछि त्यहाँबाट नगरपालिकाका सेवाहरु सञ्चालन गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘पुरानो भवन आगलागी भएको भवन हामीले हे¥यौँ । हुनतः दशैँको लामो विदा पनि भयो । लगभग त्यहाँबाट सेवा दिन नसक्ने अवस्था छ । त्यहाँ एकदमै जिर्ण भएको अवस्था छ । केही कोठाहरु नजलेतापनि तलको वेसमेन्टहरु, ग्यारेजहरु धेरै नै आगलागी भएको छ । त्यहाँ १० वटा गाडी, ५ वटा मोटर साईकलन जलेका छन् । जीन्सी शाखामा पनि आगलागी भएको हुनाले त्यहाँ रेट्रोफिट हुन बाँकी छ । त्यो रेट्रोफिट गर्न हामी बजेट मिलाउँदै छौँ । त्यो गर्नलाई लगभग ८ महिनादेखी एक वर्ष समय लाग्ने हाम्रो प्राविधिक रिपोर्ट आएको हुनाले त्यो अनुसार तयारीमा पनि हामी जुटेका छौँ । त्यसको लागी सबैभन्दा पहिला बजेट पनि मिलाउन प¥यो । त्यो पुर्ण रुपमा मिलाएर पुरानो भवन तयार भएपछि त्यहाँबाट हामी केही न केही सेवा दिन्छौँ ।’ 

उहाँले नगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको जानकारी दिँदै उक्त कार्यमा सहभागी हुन पनि सबै नगरवासीलाई आग्रह गर्नुभयो ।