२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा बोलेरो गाडी दुर्घटना, एकजनाको मृत्यु



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी आज साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन । दुई जना भने गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने कार्य भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।