२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा



अ+ अ-

काठमाडौँ। यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका तीन वैज्ञानिकले संयुक्त रूपमा दिने घोषणा नोबेल पुरस्कार छनौट समितिले बिहीबार गरेको छ।

पुरस्कार समितिका अनुसार ’मेटल–अग्र्यानिक फ्रेमवर्क’ (एमओएफ) को विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो।

समितिका अनुसार उनीहरूले ’मलिक्यूलर आर्किटेक्चर’ को नयाँ शैली विकास गरेका छन्। धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो। पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन्।

यसअघि नोबेल पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फ र मङ्गलवार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरिसकेको छ। अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्र विधाका विजेताको नाम घोषणा हुनेछ।

क्योटो विश्वविद्यालयमा प्राध्यापक कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो। पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा सम्मानित महसुस भएको बताउनुभयो ।

यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो। उहाँ बक्र्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक हुनुहुन्छ । रब्सनको जन्म सन् १९३७ मा बेलायतमा भएको थियो भने उहाँ अहिले मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।

उनीहरूले सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गरेका थिए। त्यसपछि रसायनशास्त्रीहरूले हजारौँ एमओएफ निर्माण गरेका छन्।  (रासस/एएफपी)