२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व हुलाक दिवस



अ+ अ-

काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।

सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो ।

त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् ।

विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गर्नुभएको सन्देशमा हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्‍याएको बताउनुभएको छ । रासस




भर्खरै