२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री: एमाले अध्यक्ष ओली



अ+ अ-

भक्तपुर( नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले उनीबाट लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको बताउनुभएको छ ।

भक्तपुरमा आज आयेजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुने बित्तिकै संसद भग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उहाँको नियतमै खोट रहेको बताउनुभयो ।

‘वर्तमान सरकारबाट लोकतन्त्रको रक्षा ? यो हुनै सक्दैन ’ अध्यक्ष ओलीले भन्नुभयो ‘जो संसद विघटन र लोकतन्त्रको जग भत्काउन भनेर प्रधानमन्त्री हुनुभयो उहाँबाट लोकतन्त्तको रक्षा हुने कुरा कल्पना गर्नु हुदैन ।’

अध्यक्ष ओलीले वर्तमान सरकार सडकमा तमासा देखाउन उद्धत रहेको बताउनुभएको छ । कहिले केपी ओलीलाई पक्राउ गर्न राती ३ बजेसम्म बैठक गर्ने,कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्न सरकारलाई उहाँले चुनौति दिनुभएको छ । ‘यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’ उहाँले भन्नुभयो । उहाँले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताउनुभयो ।