२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।

भट्टराईले बिहीबार राहदानी विभागमै पुगेर पासपोर्ट फिर्ता गरेको जानकारी दिएका छन् । गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएपछि पूर्वसांसदहरूले तोकिएको कानूनी प्रावधानअनुसार राहदानी फिर्ता गर्नुपर्ने हुन्छ ।

राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको व्यक्तिले एक महिनाभित्र कूटनीतिक वा विशेष राहदानी फिर्ता गर्नुपर्छ । उक्त नियममा भनिएको छ— पदबाट अलग भएको व्यक्ति वा विदेशमा रहेका हकमा नेपाल फर्किएको मितिले एक महिनाभित्र आफ्नो तथा परिवारका सदस्यको नाममा जारी राहदानी विभागमा बुझाउनुपर्नेछ ।

समयमै राहदानी फिर्ता नगरेको अवस्थामा विभागले सो राहदानी रद्द गर्न सक्ने व्यवस्था पनि सोही नियमावलीको उपनियम ३ मा उल्लेख छ ।

सांसदहरूले संघीय संसद् सचिवालयमार्फत समेत रातो पासपोर्ट फिर्ता गर्न सक्ने व्यवस्था छ । सचिवालयका अनुसार हालसम्म निवर्तमान सांसद प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले पनि आफ्नो राहदानी फिर्ता गरिसकेका छन् ।