२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिताले गहिरो आत्मसमीक्षा गर्नुपर्छ : रविन्द्र मिश्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजनीतिले मात्र होइन, पत्रकारिताले पनि गहिरो आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले आज सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्दै अपवादलाई छाडेर पत्रकारिता विचारकारिता, पार्टीकारिता, नेताकारिता र व्यापारकारितामा रुपान्तरण भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

यो समय राजनीतिले मात्र होइन, पत्रकारिताले पनि गहिरो आत्मसमीक्षा गर्नु पर्ने समय हो ।

अपवादलाई छोडेर पत्रकारिता ’विचारकारिता’, ’पार्टीकारिता’, ‘नेताकारिता’ र ‘व्यापारकारिता’ मा रूपान्तरण भएको छ ।

पत्रकारिताले पत्रकारिताको आधारभूत मूल्यमान्यता मात्र पालना गर्न सके पनि त्यसले राजनीतिलाई ट्रयाकमा ल्याउन ठूलो सहयोग गर्ने थियो ।

विडम्बना, नेपालमा राजनीति र समाजका अन्य पक्षजस्तै पत्रकारिता पनि नराम्रोसँग क्षयीकृत भएर गएको छ । यो गम्भीर चिन्ताको विषय हो ।