२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको सचिवालय बैठक आज, महासचिव भुसाललाई कारबाहीको तयारी !



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी र अघिल्लो बैठकले बनाएको विचार मिल्ने शक्तिसँग एकताको पहल सम्बन्धी कार्यदलको प्रगतिबारे छलफल हुने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको गृहकार्य गरिरहेको छ । तर महासचिव घनश्याम भुसाल एकताको विपक्षीमा रहेका छन् । उनले पार्टी एकता गर्नु नहुने अभिव्यक्तिसमेत दिँदै आएका छन् ।

पार्टी नीतिविपरित बोलेको भन्दै अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट देखिएका छन् । उनले महासचिवलाई कारबाही गर्ने तयारी गरेका छन् ।

आजको पार्टी सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ । सबैको एकमत भए भुसालमाथि कारबाही नै गर्नेसम्मको तयारी छ ।