३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीलाई बँचाउने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाउन सकेनः पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष  एव‌ संयोजक पुष्पकमल दाहालले नेताहरुलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बताउन सकेन ? भन्दै प्रश्न गर्नुभएको छ ।

शुक्रवार सम्पादकहरुसँगको संवादका क्रममा उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले आफूहरु सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बँचएको बताउनु भयो । त्यहाँबाट देशका लागि आफूले खेल्नसक्ने भुमिका खेलको बताउनु भयो । नेपालमा धेरै ठूलो क्षति भएको छ भने त्यो भूराजनीतिकै कारण भएको र नेपाल बँचेको पनि भूराजनीतिकै कारण रहेको उल्लेख गर्नुभयो । उहाँले आफूहरुलाई सेनाले, जनताले, कार्यकताले कसले बँचाएको हो भनेर हेर्दा मुख्यतः सेनाले नै देखिएको बताउनु भयो । उहाँले नेताहरु बँचाउनसक्ने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाएन भन्नेकुरा गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सेक्युरिटी खोज्दै सेनाकोमा गइयो । हामीलाई खोज्दै सेना आएको होइन । गएपछि जे भयो यो परिस्थितिमा त्यहाँबाट खेल्नसक्ने भुमिकाको कोशिस गरियो । त्यो वातावरण बन्यो तर हाम्रै कारणले यो बच्यो भन्नेकुरा भनेँ भने गलत हुन्छ । त्यो होइन । हामी धेरै ठूलो क्षति भएको छ भने भूराजनीतिका कारणले भएको छ, हामी बँचेका छौँ भनेपनि भूराजनीतिका कारण बँचेका छौँ । हामी बँचियो कसरी भन्नेकुराको पनि जवाफ छैन । हामीलाई सेनाले बँचाएको हो की, जनताले हो की, हाम्रा पार्टीका साथीहरुले बँचाएको हो की ? अल्टिमेट्ली हेर्दा त सेनाले बँचायो । हामीलाई बँचाउने सेनाले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत किन बचाउन सकेन ? भनेर हेर्दा बढो अनौठा चित्र अनुभुति हुन्छ । ’

पूर्वप्रधानमन्त्री दाहालले अहिले देश संकटमा रहेको बताउनु भयो । २३ गते जेन जी युवाहरुको योगदान प्रशंसायोग्य रहेको बताउनु भयो । गत भदौ २३ गतेको जेन जी आन्दोलन आन्तरिकमुखी भएको र २४ गतेको आन्दोलन भने वाह्यमुखी भएको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल

 तस्बिरः हरिराम भेटुवालरासस