२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनोट विधिको लागि रास्वपाले गर्यो सुझाव कार्यदल गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी २१ फागुनमा हुने प्रतिनिभि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिको लागि सुझाव संकलन कार्यदल गठन गरेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि समेतच रहनेगरी सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको केन्द्रिय सदस्य सोविता गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवद्र्धनका लागि विभिन्न सामाजिक, राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न गठित संवाद समितिको संयोजकको जिम्मेवारी पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ । बैठकले पार्टी केन्द्रिय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने र त्यसको लागि केन्द्रिय सदस्य हरी ढकालको नेतृत्वमा व्यवस्थापन समिति गठन गर्ने  निर्णय गरेको पनि गौतमले बताउनु भयो ।

बैठकले असोजको तेस्रो  साता आएको विपद्को प्रतिकार्य, राहत र उद्धारमा भएको प्रशंसनीय कार्र्यका लागि धन्यावाद दिँदै पार्टीको तर्फबाट थप सक्दो प्रयास गर्ने निर्णय भएको पनि उहाँको भनाइ छ । उहाँकाअनुसार पार्टीले सल्लाहकार परिषद् गठनको प्रक्रिया शुरु गर्दै विभिन्न विज्ञहरु लाई मनोनित समेत गरेको छ ।