२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीले दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै



फाईल फोटो
अ+ अ-

कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर काट्न तयार धानबालीमा क्षति पुर्‍याउन थालेका छन् ।

आज बिहान बेदकोट नगरपालिका–१० नयाँगाउँमा करिब ३५ वटा हात्तीले छ जना किसानको करिब एक बिघा धानबाली खाएर नोक्सानी पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्जुन कठायतको पाँच कठ्ठा, चन्द्र कठायत, खगेन्द्र रावल र रामबहादुर रावलकको छ कठ्ठा, बृख रावलको तीन कठ्ठा र नवल रावलको पाँच कठ्ठा धानबाली हात्तीले खानुका साथै कुल्चिएर क्षति पु¥याएको हो ।

किसान रामबहादुरले काट्न तयार भएको धान हात्तीको बथानले नष्ट गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता लागेको बताउनुभयो । यही असोज २२ गते हात्तीको एक बथानले बेलौरी नगरपालिका–९ कुण्डाका चार किसानको पाक्न लागेको करिब २३ कठ्ठा धानबालीमा क्षति पु¥याएको थियो ।

छ दिनअघि मात्रै भीमदत्त नगरपालिकाको गोवरैयामा पनि दिउँसै धान खेतमा हात्तीेको बथान पसेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निस्केका हात्तीका बथानले भीमदत्त, दोधारा–चाँदनी, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका मध्यवर्ती क्षेत्रका धानबालीमा निरन्तर क्षति पुर्‍याउँदै आएका छन् ।रासस