२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज पनि बस्दै, ओलीमाथि थप दबाब



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिका एजेन्डा तय गर्न आज पनि सचिवालय बैठक बस्दै छ । सचिवालय बैठक केन्द्रीय समितिका एजेन्डाभन्दा बढी नेतृत्वका विषयमा छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाब बढेको छ ।

जेन–जी आन्दोलनपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब परेको छ । जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनपछि विघटित प्रतिनिधिसभामाका प्रमुख दलहरुमा नेतृत्व हस्तान्तरणको माग भइरहेका बेला ओलीले पनि पद छाड्नु पर्ने माग भएको हो ।

सचिवालय बैठकमा नेताहरुले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनबाट नेतत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् । उपाध्यक्ष रामबहादुर थापाले पनि जेन–जी आन्दोलनपछि नेतृत्वमा नैतिक प्रश्न उठेको बताए ।

एमालेमा ओलीले जे भन्यो त्यही नै हुने गरेको थियो । तर अहिले जेन–जी आन्दोलनपछि कमजोर देखिएका छन् । उनीमाथि राजीनामाको दबाब पनि बढेको छ । नैतिकता देखाउनुपर्ने माग पनि छ । तर ओली त्यसमा तयार छैनन् । बरु आफ्नो बचाउ गरिरहेका छन् । आफ्नो स्वास्थ्यले साथ दिँदासम्म नेतृत्व नछाड्ने उनको अडान छ ।

ओली पक्षका केही नेताहरु भने महाधिवेशनबाटै नेतृत्व र पुस्तान्तरणको टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् । एमालेको महाधिवेशन आगामी वर्ष गर्ने तयारी छ ।

विगत पनि एमालेमा एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने र ७० वर्षे उमेर हद लगाउनु पर्ने माग गरे पनि विधान महाधिवेशनमा उक्त प्रस्ताव असफल भएको थियो ।

ओलीको चाहना अनुसार दुवै प्रावधान हटाइएको थियो । भदौ २० देखि २२ मा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्न बाटो खुला गरेको थियो । एमालेको विधान महाधिवेशनले पदाधिकारीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्थालाई नयाँ विधानको मस्यौदाबाट हटाउँदै ओलीलाई पुन: अध्यक्ष हुने वैधानिक प्रावधान सुनिश्चित गरेको थियो ।

भदौ २०७८ मा भएको पहिलो विधान महाधिवेशनले पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी नहुने प्रावधान पारित गरेको थियो । तर गोदावरीमा तीन दिनसम्म चलेको दोस्रो विधान महाधिवेशनले त्यसलाई संशोधन गरेर हटाएको थियो ।