२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई प्रश्नः पीपिए किन गर्नुहुन्न ?



अ+ अ-

काठमाडौँ । विद्युत खरिद–विक्री सम्झौता (पीपीए) लामोसमयदेखि रोकिएको छ । नेपाल विद्युत प्राधिकरणले पीपीए नगर्दा आयोजनाहरुमा गरिएको अर्बौंको लगानी डुब्न लागेको उर्जाउत्पादकहरुले बताउँदै आएका छन् । तर अहिले पनि पीपीए खोल्ने पक्षमा नेपाल विद्युत प्राधिकरण देखिँदैन ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले अहिले पीपीए तत्काल खोल्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँकाअनुसार माग अनुसार आजको दिनमा माग १८ सयदेखि २ हजार मेगावाट छ । १२ हजार मेगावाटको पीपीए भइसकेको छ । अहिले माग धान्नसक्ने अवस्थाको पीपीएहरू भइसकेका कारण तत्काल जरुरी नरहेको उहाँले बताउनु भयो । यद्यपि आफूहरुले उर्जा क्षेत्रको विकासलाई अवरुद्ध पार्न नचाहेको उहाँको भनाइ छ । कार्यकारी निर्देशक सिलवालकाअनुसार खपत वृद्धि, निर्यातको अवस्था, ट्रान्समिसन लाइनको क्षमताहरूलाई विचार गरेर आवश्यकताअनुसार पीपीए गर्ने प्रक्रियाहरू प्राधिकरणले अघि बढाउनेछ ।

सिलवालकाअनुसार यसमा प्राधिकरणले नेपाल सरकारको पनि सहयोग लिनेछ । किनभने प्राधिकरणलाई बजार विस्तारको लागि, विशेषगरी निर्यातको लागि नेपाल सरकारको सहयोग आवश्यक छ  र ट्रान्समिसन लाइनहरूको संख्या बढ्ने हो भयो भने प्राधिकरणलाई थप पीपीए गर्न सहज हुने उहाँको बुझाइ छ । कार्यकारी निर्देशक सिलवालले भन्नुभयो–‘हामीले बत्ती निर्यात गर्नलाई हामीसँग लाइन कति छ भन्नेपनि हर्नुपर्ने हुन्छ । १२–१३०० मेगावाट भन्दा बढी एक्सपोर्ट गर्नसक्ने लाइनहरू हामीसँग छैन । तर सकारात्मक पक्ष के छ भने यतातिर सबस्टेशनको चाहीँ ढल्केबर, सीतामढीको लाइन पनि बन्दैछ । हामीलाई अनुमति दिनुस् भन्दैछौँ । भारत सरकारसँग हामीले  थप आयोजनाहरूको लागि उत्पादन भएको विद्युत निर्यात गर्न अनुमति दिनुस् भनेर मागिराखेकाले यो प्रयास सफल भयो भने थप बिजुली निर्यात गर्न सहज हुनेछ । अहिले पीपीएको कुरा गर्दा उदाहरणका लागि, अहिले हामीले पीपीए खोल्यौं, आयोजना बन्छ । पछि कुनै कारणवश प्राधिकरणले स्वदेशमा खपत गर्न सकेन वा हामीले  बाहिर निर्यात गर्न सकेनौँ भने, हामी मात्र डुब्दैनौँ । निजी क्षेत्र पनि डुब्छ । त्यसकारण, यसलाई हामी विश्लेषण गरेरै पीपीए अघि बढाएका छैनौं ।’

सिलवाल पीपीए नै नगर्ने भन्ने आशय प्राधिकरणको नभएपनि सबै पक्ष हेरेर आवश्यकताअनुसार गर्दै जाने बताउनु भयो । उहाँकाअनुसार अब कम्तिमा लाइसेन्स दिने निकाय र बत्ती किन्ने निकायबीच अन्तरसम्बन्ध हुनुपर्छ  । सिलवालले भन्नुभयो–‘कस्तो नहोस् कि लाइसेन्स दियो, फिजिबिलिटी स्टडी ग¥यो, उहाँ (सम्कन्धित सरकारी निकाय) ले जेनेरेसन लाइसेन्स पनि दिइदिनुहुन्छ । तर पीपीए हुँदैन । उर्जा उत्पादकहरूले लगानी गरेको हुन्छन् । सर्टेन दस्तुरहरू तिरिसक्छन् । बिजुली नकिन्दिँदा त निजी क्षेत्रमा फ्रस्ट्रेशन हुन्छ नै ।’

सिलवालकाअनुसार विद्युत उत्पादनको लाइसेन्स अब हचुवाको भरमा दिन हुँदैन । प्राधिकरणले उत्पादित विजुली किन्ने, नकिन्ने निक्र्यौल गरेर मात्रै लाइसेन्स दिने निकायले विद्युत उत्पादनको अनुमतिपत्र दियो भने कसैलाई समस्या नपर्ने उहाँको बुझाइ रहेको छ ।




भर्खरै