१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक, प्रहरीले सुरु गर्‍यो अनुसन्धान



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको भन्दै सार्वजनिक भएका तस्वीरबारे प्रहरीले अनुसन्धान थालेको छ ।

हाल सामाजिक सञ्जालमा भाइरल बनेका ती तस्वीरहरूमा टीओबी लेखिएको ज्याकेट लगाएका एक व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल जस्तो देखिने वस्तु घुसाउँदै गरेको देखिन्छ । तस्वीरले ठूलो सार्वजनिक ध्यान खिचेपछि प्रहरीले यसबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एक अधिकारीका अनुसार तस्वीरमा देखिएका व्यक्तिले साँच्चै पेस्तोल बोकेका हुन् वा होइनन् भन्ने विषयमा हालसम्म यकिन भइसकेको छैन ।

“पेस्तोल बोकेको पुष्टि भइसकेको छैन । यद्यपी, यसबारे हामी आन्तरिक रूपमा बुझ्ने र अनुसन्धान अघि बढाइरहेका छौं,” प्रहरी अधिकारीले बताए।

प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका सदस्यहरूका गतिविधि, तोडफोड, आगजनीलगायतका घटनाबारे पनि अनुसन्धान भइरहेको छ ।

तस्वीरको स्रोत र सत्यता पुष्टि गर्न डिजिटल फरेन्सिक अध्ययन तथा प्रत्यक्ष प्रमाण सङ्कलनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।