१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिको विवरण पठाउन आग्रह



‘जेनजी’ आन्दोलनको क्रममा जल्दै गरेको संसद भवन ।
अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको विवरण पठाउन आग्रह गरेको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूको सम्पत्ति क्षति सम्बन्धी विवरण माग गरेको हो । आयोगले सो विवरणका लागि एक औपचारिक ढाँचा (फर्म्याट) समेत पठाएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएका क्षतिको प्रमाणका रूपमा फोटो, भिडियो वा अन्य कागजात उपलब्ध भए ती समेत संलग्न गर्न अनुरोध गरिन्छ ।”

आयोगले प्राप्त विवरणका आधारमा क्षतिको यथार्थ मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको जनाएको छ ।