२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई नेपालले एक रनले हरायो



अ+ अ-

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा नेपालले जित निकालेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले एक रनले विजयी भएको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्रै बनायो ।

उसका लागि आलिशान शराफुले ५८, तथा ध्रुव पराशरले ३२ तथा जोनाथन फिगीले १९ रन तथा जाहिद अलिले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङतर्फ दिपेन्द्र सिंह ऐरीले तीन, तथा सोमपाल कामी, गुलशन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

जितसँगै नेपालले दुई अंक जोडेको छ ।

त्यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन जोड्यो ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ५१ रन जोडे । यस्तै, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुलशन झाले १४ रन, कुशल मल्लले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ युएईका जुनैद सिद्धिकी, मुहम्मद रोहिद, जाहिद अलि, हैदर अलि, हर्षित कौशिक र ध्रुव पराशरले एक–एक विकेट लिए ।