२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाका छ पालिकाका कर्मचारी र शिक्षकले तलब पाएनन



अ+ अ-

जनकपुरधाम। धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायत सुविधा पाएका छैनन् ।

यी पालिकामा नगरसभा नभएकाले कर्मचारीले चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन् ।  जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्न सकेको छैन ।

पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिनुभयो ।

अन्य पालिकामा समेत विवाद रहेकामा समन्वय समितिको पहिलपछि सभा भएका र छ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उहाँले बताउनुभयो ।

“यहाँका अधिकांश पालिकामा कुनै एक दलको बहुमत छैन । त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक स्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ ।

स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानुनी प्रावधान रहेको छ । त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन्”, समन्वय समिति प्रमुख मण्डलले भन्नुभयो ।