२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने ,संसद् पुनस्थापना लागि नेतृत्व लिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठक पछि उपमहासचिव प्रदीप ज्ञवालीले एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुने जानकारी दिनुभयो ।

ज्ञवालीले महाधिवेशन स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने जानकारी दिनुभयो । बैठकले संसद् पुनस्थापना लागि नेतृत्व लिने र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय समेत गरेको छ।

नेता ज्ञवालीले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनस्थापना भएको छैन, कसरी चुनाव हुनसक्छ ? चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’

नेता ज्ञवालीले संसद् पुन: स्थापनाबाट नै अहिलेको समस्याको निकास दिने बताउनु भयो ।