२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक



अ+ अ-

बेलायत । बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ ।

यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिनुभयो ।

३३ देशका ११७ टिम  सहभागी उक्त प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यसबर्ष स्वर्ण पदक प्राप्त गरेको हो ।

१० दिनसम्म सञ्चालित उक्त अभ्यासलाई आठ चरणमा विभाजन गरिएको थियो ।

जसमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पाउण्ड ९३२ देखि ३५ केजी तौल० बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित  ६० किलोमिटर बढी दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको खबर सङ्कलन, घाइते बिरामीको व्यवस्थापनलगायतका  विभिन्न तयारी र दक्षताको परीक्षण हुने नेपाली सेनाले जनाएको छ ।

नेपालले यही २३ गतेदेखि २५ गतेसम्म सो अभ्यास प्रर्दशन गरेको थियो । सन् १९६० बाट सुरु भएको यो अभ्यासमा सन् २०१४ देखि नेपाली सेनाले सहभागिता जनाउँदै आएको छ । नेपाली सेनाले सन् २०१७, २०१९  र २०२४ मा पनि स्वर्ण पदक जितेको थियो ।

सन २०२० र २०२१ मा भने कोभिड–१९ को कारण नेपाल यो अभ्यासमा सहभागी भएको थिएन ।

बेलायती सेनाका अनुसार, मौसम र धरातलीय दृष्टिले कठिन क्षेत्र मानिने वेल्सको ब्रेकन क्षेत्रमा आयोजना हुने यो अभ्यास सैन्य क्षमता प्रर्दशनमा कठिन हुने गरी डिजाइन गरिएको छ । रासस