१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी गरायो परिवारलाई



अ+ अ-

काठमाडौँ । इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले गत वर्ष हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको छ ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, आइडिएफका अधिकारीहरूले केहीबेरअघि विपिनको परिवार र इजरायलस्थित नेपाली दूतावाससँग भिडिओ कन्फरेन्समार्फत जानकारी दिएका हुन् ।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट जोडिएका थिए, भने परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र इसरायली डिफेन्स फोर्सका अधिकारी सहभागी थिए ।

राजदूत पण्डितका अनुसार, आइडिएफका अधिकारीहरूले हमासले केही समयभित्र बाँकी रहेका जीवित बन्धकलाई छोड्ने तयारी भइरहेको पनि जानकारी दिए । मृतक मध्ये कतिपयको शव भने अझै फेला परेको छैन ।

यसैबीच, परराष्ट्र मन्त्रालयले भने आइडिएफको भनाइलाई औपचारिक पुष्टि नभएको आंकलनका रूपमा लिएको बताएको छ ।

गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणका क्रममा नेपालका विद्यार्थीहरू अध्ययनरत इजरायलको दक्षिणी क्षेत्रमा रहेका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी अपहरणमा परेका थिए ।