२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुवोधको प्रश्नः महरालाई पटकपटक पक्राउ गर्दा पार्टीको आधिकारिक धारणा के ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का युवा नेता सुवोध सेर्पालीले पार्टीका स्थायी समिति सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पटकपटक पक्राउ गरिएको घटनाप्रति प्रश्न उठाएका छन् ।

सेर्पालीले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै भनेका छन्,

“एउटै मुद्दामा फोन कल भनसुनलाई मुख्य आधार बनाएर क। कृष्णबहादुर महरालाई पटकपटक पक्राउ गर्दा पार्टी केन्द्रीय कार्यालयको आधिकारिक धारणा के हो ? पक्राउ गर्ने ।अनुसन्धानबाट क्लिएर भयो भन्दै रिहाइ गर्ने अनि फेरि पक्राउ ? कतै यो मसला आधार भन्दा बढी षड्यन्त्रकारीको फन्दामा त छैन ?”

उनले अगाडि लेखेका छन्, ‘दोषी अनिवार्य कारबाही होस् निर्दोष कोहि अनाहकमा नपरोस् ।’

माओवादी केन्द्रका वरिष्ठ नेता महरालाई प्रहरीले आइतबार भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा पुनः पक्राउ गरेको थियो । यसअघि पनि सोही मुद्दामा उनलाई पक्राउ गरी पछि प्रमाण नपुगेको भन्दै रिहा गरिएको थियो ।