३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति देउवा ३४ दिनपछि सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक हुनुभएको छ ।

जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएको हो ।

बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उहाँकी पत्नी एवं काँग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । त्यसपछि उहाँ ३४ दिनपछि पार्टी केन्द्रिय कार्य समिति बैठकमार्फत सार्वजनिक हुनुभएको हो । आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आउनुभएको छ ।

बैठकमा संस्थापन पक्ष इतरका नेताहरुले देउवालाई पद छोड्न दबाब दिने तयारी गरेका छन् ।