२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा



अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ छापा मारेको छ ।

अख्तियारको टोलीले आयोजनाका पाइप बिक्री वितरणमा अनियमितता र भ्रष्टाचार भएको भन्ने सूचनाको आधारमा छापा मारेको हो । छापामारीका क्रममा कार्यालयका विभिन्न कागजातहरू नियन्त्रणमा लिइएका छन् ।

स्रोतका अनुसार, ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री तथा वितरण गरिएको र त्यसमा आर्थिक लेनदेनमा अनियमितता भएको आरोपपछि अख्तियारको टोली अनुसन्धानका लागि पुगेको हो ।

अख्तियारले उक्त घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।