२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुक्तेन एक महिनादेखि बेपत्ता



अ+ अ-

हुम्ला। नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ ।

उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता हुनुभएको र अझै सम्पर्कमा नआउनुभएको थुक्तेनको परिवारजनले बताएका छन् । चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएको थियो ।

नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उहाँका बुबा टैछिरिङ लामाले बताउनुभयो ।

उहाँका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता हुनुभएको थियो । भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता हुनुभएको थुक्तेनका बुबा टैछिरिङले बताउनुभयो ।

बेपत्ता छोराको खोजी गरिदिन उहाँले सबैमा आग्रह गर्नुभएको छ । बेपत्ता थुक्तेन उहाँका कान्छा छोरा हुन् ।

थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताउनुभयो । रासस