२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि दुःखद घटना घट्योः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं, असोज २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि भदौ २३ र २४ का दुःखद घटना भएको बताउनुभएको छ।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरेको कुरा थाहा पाएर विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि ती पर्याप्त प्रभावकारी हुन नसकेको जानकारी दिनुभयो । ‘हाम्रा प्रयत्नको तुलनामा षडयन्त्रकारीका षडयन्त्र मुखर रूपमा अघि बढे र भदौ २३ र २४ को घटना भयो,’ उहाँले भन्नुभयो।

महासचिव पोखरेलले सहरिया नवधनाढ्य र युवाहरू एमालेबाट टाढिँदै गएको बताउनुभयो। भुमिहीन, सुकुम्बासी र गरिव जनता पनि विभिन्न आश्वासन र प्रलोभन देखाएर पार्टी विरुद्ध फाकिएका उहाँको भनाइ छ। कतिपय वैदेशिक घटनाक्रमले पनि नेपालको जनमत प्रभावित हुने गरेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘मिसन ग्रासरुटको समयमा प्रत्येक वडामा १० जना युवालाई पहिचान गरी नेतृत्व विकासको योजना बनाइएको भए पनि सो योजना अपेक्षाअनुसार कार्यान्वयन हुन सकेको छैन।’

महासचिव पोखरेलले प्रदेशदेखि वडासम्म पार्टीलाई व्यवस्थित गरी युवाबीचको कामलाई अघि बढाउने निर्देशन भए पनि अपेक्षित परिणाम नआएको जानकारी दिनुभयो।

उहाँले केन्द्रीय सचिवालय बैठकले पार्टी एकताको एजेण्डालाई प्रमुखता दिएको र केन्द्रीय कमिटी बैठकले पनि त्यसैलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गर्नुभयो।