३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाए



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका २४८८ जना महाधिवेशन प्रतिनिधिले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाएका हुन् ।

नेता घिमिरेका अनुसार यो संख्या १४औं महाधिवेशनका कुल प्रतिनिधिको झण्डै ५३ प्रतिशत हो । उनले अहिलेको “विषम र जटिल राजनीतिक परिस्थितिमा” पार्टीलाई नयाँ दिशा र गति दिन विशेष महाधिवेशन आवश्यक भएको बताए ।

हस्ताक्षर बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले, “यो कुनै विवाद वा विद्रोहका लागि होइन, स्वर्गीय नेता सुवर्णशम्शेर राणालगायतले अपनाएको असल राजनीतिक अभ्यासलाई पुनः अवलम्बन गर्न गरिएको प्रयास हो ।”

विशेष अवस्थामा विशेष महाधिवेशन बोलाउने अधिकार महाधिवेशन प्रतिनिधिहरूको नै रहेको र अहिलेको अवस्था त्यस्तै बनेको उनको भनाई छ ।

हालैको जेन–जी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्वको आमूल परिवर्तनको माग उठ्दै आएको छ । सोही मागलाई संस्थागत गर्न नेताहरूले विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर अभियान चलाएका थिए ।

यसअघि पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि नियमित समयमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमै जानुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेका थिए ।