२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्किको भनाई हास्यास्पदः कमल थापा



फाइल फोटो
अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र संसद् विघटन गर्न संविधानले नछेक्ने तर जेन्जी युवाहरुको परिवर्तनको चाहना पुरा गर्न भने संविधान वाधक रहेको तथा नयाँ संसदबाट चुनिएर आउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क हास्यास्पद रहेको बताएका छन् ।

थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको तर्क गर्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने स्पष्ट पारे ।

जेन्जी आन्दोलनले खोजेको परिवर्तनको चाहनालाई देशी विदेशी शक्तिहरूको साँठगाँठबाट तुहाईएको भन्दै थापाले ूआन्दोलन अधुरो भएको, आन्दोलनको अधुरो काम पूरा गर्न हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी तथा सुशासनको मुद्दालाई लिएर राप्रपा नेपाल जनताको माझमा जानुपर्नेमा थापाले जोड दिए ।

पार्टीको कोशी, मधेश र बागमती क्षेत्र समन्वय समितिका पदाधिकारी सदस्य, जिल्ला अध्यक्ष हरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र कुशासनको अन्त्यका निमित्त भएको आन्दोलनले कांग्रेस र एमालेको गठबन्धन सरकारलाई विस्थापित गर्न सफल भए तापनि भ्रष्टाचार र कुशासनको मुख्य कारणको रुपमा रहेको निर्वाचन प्रणाली, शासकीय स्वरूप, प्रदेश संरचना परिवर्तन गर्न नसकेकोमा रोष प्रकट गरे ।

थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको भन्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने समेत स्पष्ट पारे ।

भर्चुअल बैठकका अधिकांश सहभागीहरूले पार्टी एकताको आवश्यकता र महत्व रहेता पनि पार्टीको मूलभूत आदर्श र मान्यतालाई कमजोर बनाउने गरी कसैसँग एकता र सहकार्य गर्न आवश्यक नरहेको, बरु आफ्नो सिद्धान्तप्रति निष्ठावान रही एक्लै अघि बढ्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

भोलि पश्चिमाञ्चल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमाञ्चलका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, विकास क्षेत्रीय अध्यक्षहरू र जिल्ला अध्यक्षहरूको भर्चुअल बैठक हुनेछ ।