२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड



अ+ अ-

काठमाडौँ। नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस र डब्लुएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीलाई मङ्गलबार श्रीलङ्कामा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीका अनुसार कोलाम्बोमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठकमा उक्त अवार्ड प्रदान गरिएको थियो ।

नेपालको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानका लागि डब्लुचओको दक्षिण–पूर्वी एसिया क्षेत्रले उक्त जनस्वास्थ्य च्याम्पियन अवार्ड नेपालका महिला स्वास्थ्यस्वयंसेविकालाई प्रदान गरिएको जनाइएको छ ।

सो सम्मानले नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा पहुँच र जनस्वास्थ्य सुधारमा पु¥याएको योगदानको उच्च कदर गरेको सूचना अधिकारी केसीको भनाइ छ । रासस