२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रोल बनेकी इस्टु कार्कीले भनिन्ः त्यो झोलेहरुले लेखेको हावा न्यूज हो फलो नगर्नुहोला



अ+ अ-

काठमाडौँ । बुधबार राति सम्पन्न टी–२०विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले घरेलु टोलि ओमानलाई ३८ रनले पराजित गर्यो ।

त्यस खेलअघि नै अर्को वर्ष भारत–श्रीलंकामा हुने टी–२० विश्वकमा नेपालले स्थान पक्का गरिसकेको थियो । त्यसमाथि घरेलु टोलिलाई नै हराएको नेपालको प्रदर्शनलाई लिएर देश–विदेशमा रहेका नेपालीले सामाजिक सञ्जालमार्फत खुसी साटासाट गरे । धेरैथोर क्रिकेट खेललाई फलो गर्नेसमेतले फेसबुकमा स्टाटस लेख्दै खुसी मनाए ।

यसैबीच कन्टेन्ट क्रियटर इस्टु कार्कीले खेलको समयमा लगातार स्टाटसहरू लेखिन् । उनको स्टाटस यसरी आइरहेको थियो कि लाइभ कमेन्ट्री जस्तै लगातार अपडेटको रुपमा ।

उनी आफ्नो स्टाटसबाट ट्रोल हुन पुगिन् । उनको कमेन्ट बक्समा थुप्रै नकरात्मक कमेन्टहरु आए । चितवनको एउटा होटल रुममा बसेकी बताउने इस्टुले खेल अवधिभरि २७ वटा पोस्ट गरिन् । तीमध्ये उनले लेखेका ४ वटा स्टाटस दोहोरो अर्थ लाग्ने र अश्लिलता झल्काउने थिए । ती स्टाटसमा आएका अधिकांश कमेन्टहरु पनि अश्लील नै छन् ।

यसलाई लिएर विभिन्न मिडियामा समाचार नै बने । त्यसको खन्डन गर्दै इस्टुले भिडियो राख्दै ‘झोलेहरुले लेखेको न्यूज हो फलो नगर्नुहोला है’ भन्नसम्म भ्याइन् ।

उनले भिडियोमा भन्छिन्ः
म एउटा शुटको लागि चितवनमा छु । हिजो मैले क्रिकेट हेर्दै गर्दा हालेको स्टाटसमा केही केही शब्दहरु डबल मिनिङवाला भएछ । मलाई थाहा थिएन । अघि शुट सकेर यसो हेर्छु त म आफैं तर्सिराको के । फेरि क्रिकेटको बारेमा जे बोल्दा पनि डबल मिनिङ नै लाग्दो रहेछ के । अब झार्नु… त्यो स्टाटस मैले एउटा पनि डिलेट गरेको छैन । गर्दिनँ पनि । तपाई हरु गएर हेर्दा हुन्छ ।

जे बोल्दा पनि डबल मिनिङ नै लाग्दो नै रहेछ क्या । मैले त्यो एक्साइटमेन्टमा लेखेँ । क्वीक लेख्नुपर्ने नि त । अहिले स्टाटस लेख्यो एकछिनमा चाहीँ पोस्ट हान्यो फेरि टिभी पनि हेर्नुपर्ने छ नि त । छिटो छिटो गर्दा त्यो भयो । अहिले हेर्दा हो त ? जस्तो भयो । धेरै पनि छैन तीनचार वटा छ । यो जे पाए त्यै न्यूजहरु बनिराछ प्लिज गाइज त्यो न्यूजहरु हावा हो के, झोलेहरुले लेखेको न्यूज हो त्यसलाई फलो नगर्नुहोला थ्यांक यू सो मच ।

इस्टु यसअघि पनि पटक पटक चर्चामा आइराखेकी छिन् । माइपोखरीमा करिब अर्धनग्न फोटोसेसन र भिडियो सार्वजनिक गरेर भाइरल भएकी थिइन् ।