२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहास बोल्ने केशर पुस्तकालय फेरि जीवन्त हुँदै



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो सरकारी पुस्तकालय केशर पुस्तकालयमा विस्तारै पठन संस्कृतिमा रुची राख्नेहरुको गन्तव्य बन्दै गएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त केशर महल सबलीकरणपछि केशर पुस्तकालय १० वर्षपछि पूर्ववत अवस्थामा आफ्नै भवनमा सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक वर्षपछि विस्तारै अध्ययनशील शहरीयाको गन्तव्य बन्दै गएको हो ।

२०७२ वैशाखको भूकम्पले केशर महलमा क्षति पु¥याएपछि पुस्तकालय टहरामा सारिएको थियो । पछि पुरानै शैलीमा पुरातत्वको मापदण्डअनुसार केशर महलको सबलिकरणसँगै पुस्तकालय समेत आफ्नै भवनमा सारिएको थियो । अहिले पुस्तकालयमा दैनिक ३ सय हारहारीमा अध्ययन गर्नको लागि आउने गरेको पुस्तकालयले जनाएको छ । उक्त पुस्तकालय शुरुमा केशर शमशेरको व्यक्तिगत चाहनामा निर्माण गरिएको थियो ।

चन्द्र शमशेरका छोरा केसर शमशेर किशोरावस्थादेखि नै पुस्तक र पत्रपत्रिका जम्मा गर्न निकै सौखिन थिए । बेलायत पुगेका केशरलाई त्यहाँ पुगेपछि ज्ञानमा हौसला र आकर्षण झनै बढेर आयो । जसले गर्दा नेपाल फर्किएपछि पुस्तक सङ्कलनमा जोड दिँदै पुस्तकालयको स्थापना गरिएको थियो । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समेत सोही महलबाट सञ्चालनमा आउँदा पुस्तकालयको ठाउँ भने केही साँघुरिएको छ ।