२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनले न्युक्यासललाई हरायो, क्रिस्टल प्यालेस र बर्नमाउथले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाईटेडलाई २–१ गोलले हराएको हो ।

घरेलु टोलिको जितमा दुबै गोल डानी वेलवेकले गरे । उनले खेलको ४१ औं र ८४ औं मिनेटमा गोल गरेका हुन् । यता न्युक्यासलका निक वोल्टमेडले एक गोल फर्काए । जितसँगै ब्राइटन ८ खेलबाट १२ अंकसहित तालिकाको नवौं स्थानमा छ । न्युक्यासल ९ अंकका साथ १२ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेस र बर्नमाउथले बराबरी खेल्दै अंक बाँडे । प्यालेसको घरेलु मैदानमा ३–३ गोलको बराबरी भएको हो ।

पहिलो हाफमा एलि जुनियर क्रोपीले ७ औं र ३८ औं मिनेटमा गोल गर्दै बर्नमाउथलाई २–० गोलले अघि बढाए । यता, ६४ औं र ६९ औं मिनेटमा जिन फिलिपे मटेटाले गोल गर्दै प्यालेसलाई २–२ को बराबरीमा ल्याए ।

८९ औं मिनेटमा र्यान क्रिस्टीले गोल गर्दै बर्नमाउथलाई ३–२ ले अघि बढाए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा प्यालेसले पेनाल्टी पायो । मटेटाले गोल गर्दै टोलिको हारमात्र टारेनन्, ह्याट्रिक समेत पूरा गरे ।

यो नतिजापछि बर्नमाउथ ८ खेलबाट १५ अंकका साथ तालिकाको चौँथो स्थानमा छ भने प्यालेस १४ अंकका साथ आठौं मिनेटमा छ ।