२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालसँगै देखिने को हुन् समृद्धि अर्याल ?



अ+ अ-

काठमाडौं । कात्तिक ६ गते चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा यसमा दयाहाङ राई र विजय बरालसँगै देखिने अर्को मुख्य महिला पात्र हुनेछिन् समृद्धि अर्याल ।

‘फर्की फर्की’बाट अभिनयमा डेब्यू गरेकी समृद्धि को हुन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो । किन भने पहिलो चलचित्रमा नै उनले अनमोल केसीसँग स्क्रिन सेयर गर्ने मौका पाइन्, दोस्रोमा दयाहाङ र विजय बरालसँग ।

समृद्धि हङकङमा जन्मिएकी हुन् । उनको बाल्यकाल भने नेपाल र हङकङ दुवैतिर बित्यो । कलाकारितामा रुचि भएकाले उनले अभिनय सिकेकी छन् ।

समृद्धिले मुम्बईको विस्लिङ उड्स इन्स्टिच्युटमा तीन वर्ष अभिनयको कक्षा लिइन् । त्यसपछि मुम्बइकै मोडलिङ एजेन्सीमा काम गरिन् ।
पिज्जादेखि जिलेटसम्मका ब्रान्डमा समृद्धिले मोडलिङ गरिन् । त्यसपछि उनले विज्ञापन, म्युजिक भिडियो र एक दर्जन सर्ट मुभीमा काम गरिन् ।

त्यसै क्रममा उनले चलचित्र ‘फर्की फर्की’मा कलाकारका लागि अडिसन आह्वान हुँदा अडिसन दिइन् । जसबाट उनले नेपाली चलचित्रमा डेब्यू गरिन् । त्यसपछिको उनको चलचित्र ‘वरिष्ठ बलराम’ हो ।

कुशुम क्यारेक्टरका रुपमा आफूलाई यो चलचित्रमा देखिने उनले बताएकी छन् । समृद्धि विजयको अपोजिटमा देखिँदैछिन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।




भर्खरै