२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको आरोप: चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनका क्रममा कांग्रेस एमालेले एक अर्काको घर जलाएर बालबच्चालाई दोष लगाएको आरोप लगाउनु भएको छ ।

फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आफूलाई लुसिफर भन्नेलाई पनि कडा जवाफ फर्काउनु भएको छ । उहाँले लेख्नु भएको छ चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौं ।

उहाँले लेख्नु भएको छ –“तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ। आन्दोलनमा पुरै देश एमालेले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल–बच्चालाई दिन्छौ। चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ। लाज लाग्दैन ? ’