२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः दुई इंग्लिस क्लबको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा सानदार जित निकालेका छन् । गएराती सम्पन्न खेलमा चेल्सीले नेदरल्याण्डसको क्लब अयाक्सलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मार्क गुइउ, मोइस काइसेडो, एन्जो फर्नानडेज, एस्तेभाओ र टिरिक जर्जले एक–एक गोल गरे । त्यस्तै अयाक्सका लागि वोउट वेगहोर्स्टले एक गोल फर्काए । खेलको १७औं मिनेटमा केनेथ टेलरले रातो कार्ड पाएपछि अयाक्स १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि चेल्सीको ३ खेलमा ६ अंक भएको छ र ११औं स्थानमा रहेको छ । त्यस्तै अयाक्स भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

त्यस्तै गएराती सम्पन्न खेलमा अर्को इंग्लिस क्लब लिभरपुलले जर्मनी क्लब आइन्ट्राक्ट फ्रान्कफर्टलाई ५–१ गोल अन्तरले पराजित गर्यो । लिभरपुलको जितमा हुगो एकीटिक, भिर्गिल भान डाइक, इब्राहिम कोन्टे, कोडी गाक्पो र डोमिनिक सोबोसज्लाईले एक एक गोल गरे ।

त्यस्तैगरी फ्रान्कफर्टका लागि रासमास क्रिस्टेनसेनले एक गोल फर्काए । यो जितपछि लिभरपुलको ३ खेलमा ६ अंक जोड्दै १०औं स्थानमा छ । त्यस्तै फ्रान्कफर्टको ३ खेलमा ३ अंक रहेको छ भने अंकतालिकाको २२औं स्थानमा छ ।